सुनसरी दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ४ जना पुग्यो



नागरिक अपडेट


सुनसरी – सुनसरीमा बस र माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार जना पुगेको छ । यस्तै २३ जना घाइते भएका छन् ।

Advertisement

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वडा नम्बर ३ जलुवा टोलमा आज बिहान झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ गुडिरहेको बस र विपरीत दिशामा रहेको माइक्रोबस आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारका क्रममा ज्यान गएको हो ।

Advertisement

ज्यान गुमाउनेमा सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ६ का शङ्कर मण्डल, सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ का लक्ष्मण सदा र मोरङको विराटनगरका अशोक यादव रहेका छन् । यस्तै एक जना मृतक महिलाको पहिचान खुलेको छैन ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया