विदेशिन बाध्य नेपाली युवा : सरकारप्रति आक्रोश बढ्दो



नागरिक संवाददाता


केशव खड्का,जापान । १८ वर्ष पुगेपछि नेपाली युवाहरू विदेशिन बाध्य भइरहेका छन् भन्ने गुनासो र आक्रोश बढ्दो क्रममा छ। संविधानमै “उमेर बढाएर विदेश जान पाउने” धार हाल्नुपर्ने तर्कसमेत केही युवाहरूबाट सार्वजनिक भएको छ।

Advertisement

हालै जापानको एक रेल स्टेसनमा देखिएको दृश्यले यो यथार्थ झन् प्रष्ट पारेको छ। करिब १५–१६ वर्षकै देखिने दुई किशोरीहरू काममा निस्कँदै थिए, थकित आँखाहरू, अनुहारमा कालो घेरा, हतारिएको चाल अनि ट्रेन ढिलो भएकोमा चिन्तित स्वर— यी सबैले उनीहरूको मानसिक र शारीरिक अवस्थाको चित्रण गर्थे।

Advertisement

जापानमा रहेका धेरै नेपाली युवाहरूले आफूले उमेर बढाएर मात्र विदेश आउन पाएको बताएका छन्। उनीहरूमा एउटै धारणा छ— “देशमा अवसर छैन, रोजगार छैन, त्यसैले विदेश आउनुपर्‍यो।”

Advertisement

युवाहरूको प्रश्न स्पष्ट छ,कहिले देशमै रोजगारीको अवसर मिल्नेछ? कहिले निष्पक्ष प्रतिस्पर्धा र समान अवसरको वातावरण बन्छ? कहिले आफ्नो देशमै रमाउने अवस्था आउनेछ?

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया