गुल्मीमा पिकअप जीप दु’र्घटना हुँदा दुई जनाको मृ’त्यु, ११ जना घाइते 



केशव गौतम


गुल्मी : गुल्मीमा पिकअप बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको गुल्मी दरबार गाउँपालिका-४ वीरवास मिसुकामा लु १ च ४९०६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement

दुर्घटनामा स्थानीय ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए। घाइते भएका उनीहरूको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

Advertisement

Advertisement

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय ४० वर्षीया जमुना ढेंगा, ४५ वर्षीया सुमित्रा ढेंगा, ३६ वर्षीया पार्वती ढेंगा, ४४ वर्षीया खगी ढेंगा, ३० वर्षीया पम्फा ढेंगा, ३३ वर्षीया कुमारी पुन, २४ वर्षीया निर्मला ढेंगा, ३ वर्षीया चाया ढेंगा, ३१ वर्षीया माया ढेंगा, ४० वर्षीया जमुना ढेंगा र ५५ वर्षीया नैना ढेंगा घाइते भएका हुन् ।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार जिप ब्रेक फेल भई स्थानीय घरमा ठोकिँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया