फेसबुकमा स्टाटस लेखेर भावुक भए कांग्रेस नेता भण्डारी



नागरिक अपडेट


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी देशको वर्तमान अवस्था देखेर सामाजिक सञ्जालमा भावुक भएका छन् ।

Advertisement

जेनजी आन्दोलन र त्यसपछि निम्तिएको अवस्था देखेर नेता भण्डारी मंगलबार राति भावुक भएका हुन् । उनले फेसबुकमा लेखेका छन् – साथीहरु, जय नेपाल, नेपालको सम्पति लुटिएको ,जलिरहेको , मारिएको र कुटिएको देख्न म सक्दिन बरु मर्न चाहन्छु, देश बचाउनु पर्दछ, प्रिय जेन्जी।

Advertisement

सोमबार पनि उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई श्रद्धाञ्जलि दिँदै ‘नेपाली इतिहासकै कालो दिन’ लेखेका थिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया