विपद्को घटनामा ४९ जनाको मृत्यु



नागरिक अपडेट


काठमाडौँ । शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

Advertisement

यस्तै ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् भने केहीको चाँही चट्याङ र दुर्घटनामा मृत्यु भएको हो ।

Advertisement

यो पनि पढ्नुहोस…
पहिरोमा परेर इलाममा ३७ जनाको मृत्यु (विवरणसहित)

पहिरोमा परेर इलाममा ३७ जनाको मृत्यु (विवरणसहित)

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया