गुल्मीको पनाहखोलामा भेटिएको वेवरिसे शवको दुई हप्ता पछि पहिचान



नागरिक अपडेट


गुल्मी । गत मङ्सिर २० गते गुल्मीको रेसुङ्गा नगरपालिका -५ पनाहखोलामा फेला परेको वेवरिसे शवको झण्डै दुई हप्ता पछि आज विहान प्रहरीले शनाखत (पहिचान) गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङा बहादुर सारुले पठाएको विवरण अनुसार उप्त शव रेसुङगा नगरपालिका – १ क्याम्पस रोड निवासी बस्ने ३४ बर्षिय मनोज पोख्रेलको हो ।

Advertisement

आज विहान करिब ९ बजेको समयमा मृतकको बुबा कृष्ण प्रसाद पोखरेलले आफ्नो छोराको शव हो भनि पहिचान गरेका थिए । मङ्सिर १४ गते देखि घरबाट हराएका र उनि केही मात्रामा बौद्दिक अपाङ्गता रहेको भन्ने खुल्न आएको डिएसपी सारुले बताउनुभयो ।

Advertisement

उनको शए जिल्ला अस्पताल तम्घासमा रहेको र पोष्टमार्टम प्रक्रिया अगाडी बढाईएको छ । सनाखत प्रकियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा प्रति जिल्ला प्रहरी कार्यालय गुल्मीले आभार प्रकट गरेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया