आज राति यी चार प्रदेशमा पानी पर्ने सम्भावना,सावधानी अपनाउन आग्रह



नागरिक अपडेट


काठमाण्डाै – पश्चिम क्षेत्रको मौसम बदली भएको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा तथा लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै ठाँउमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित असिना पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वमा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

Advertisement

जनजीवन, पर्यटन, स्वास्थ्यमा प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । यस वर्षको हिउँदे वर्षा तथा हिमपातबाट उच्च हिमाली क्षेत्र तथा अन्य ठाउँमा राहत पुग्ने मौसमविद्को भनाइ छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया