गुल्मीको इस्मा गाउँपालिकाले गर्‍याे नि:शुल्क आँखाको शल्यक्रिया



नागरिक अपडेट


सुमन महतारा,गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिकाका ६२ जना नागरिकको आँखाको निशुल्क शल्यक्रिया गरेको छ । गाउँपालिकाले दुई बर्षकाे समयमा गाउँपालिकाबाट सिफारिस लिएर ६२ जना नागरिकले सेवा लिएको जिल्ला आँखा उपचार केन्द्रका सूचना अधिकारी वीर बहादुर कार्कीले जानकारी दिए ।

Advertisement

गाउँपालिकाबाट सिफारिस लगेकाे खण्डमा निशुल्क रुपमा आखाको उपचार गर्न सकिन्छ । गाउँपालिकाबाट सिफारिस लगेर जिल्ला आँखा उपचार केन्द्रमा गएर निशुल्क रुपमा आखाको उपचार गर्न इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन । उनले आखाको अपरेसन गर्न एक जना व्याक्तिलाइ ६ हजार रुपैयाँ लाग्ने गर्दछ त्याे रकम गाउँपालिकाले तिर्ने बताइन् ।

Advertisement

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले आखाको उपचारका लागि गाउँपालिकाले जिल्ला आँखा उपचार केन्द्र संग सम्झौता गरेकाे छ । गाउँपालिका स्वास्थ्य शाखा संग सिफारिस लिएर नि:शुल्क रुपमा उपचार लिन उनले सबै इस्मा बासिलाइ अनुरोध गरेका छन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया