दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते



नागरिक अपडेट


दाङ । दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ स्थित गणेशपुर पार्क जाने चोकमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

Advertisement

बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

Advertisement

बसको ठक्करबाट क्षति भएको अटो।

प्रहरी निरीक्षक थापाका अनुसार घाइते हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका-५ निवासी २९ वर्षीय अङ्कित गुप्तासहित पाँच जना घाइते हुनुभएको छ। प्रहरी निरीक्षक थापाका अनुसार दुर्घटनामा छविलालको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया