मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्याे



नागरिक अपडेट


काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । पहिरोका कारण राति झन्डै १ बजेतिर अवरुद्ध भएको सडक अघि बिहान साढे ५ बजेदेखि दुईतर्फी नै खुलेको हो ।

Advertisement

सडक अवरुद्ध हुँदा रोकिएका गाडी गन्तव्यतर्फ लागेका मुग्लिन प्रहरीले जनाएको छ । चार घण्टाभन्दा बढी समयसम्म रोकिएका गाडी एकैपटक चल्न थालेकाले अहिले मुग्लिन–नारायणगढ सडकमा चाप छ । प्रहरीले ‘ओभरटेक’ नगरि गाडी चलाउन आग्रह गरेको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया