Breaking News:अर्घाखाँचीमा खोलामा डुबेर एक बालिकाको मृत्यु



नागरिक अपडेट


अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ।सन्धिखर्क नगरपालिका-१२, टाकुरा निवासी ताम बहादुर मुखियाकी ८ वर्षीया छोरी असु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले बताए।

पौडी खेल्ने क्रममा डुबेपछि उनलाई जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया