कास्कीमा पहिरो जादा २ जनाको मृत्यु



नागरिक अपडेट


पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ ।

Advertisement

यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको निधन भएको छ ।

Advertisement

यतिबेला पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह गरेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया