१ लाख १५ हजार विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिन पाउने



नागरिक अपडेट


लकाठमाडौँ । एक लाख १५ हजार ८ सय ३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ट) दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ती विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिन पाउने भएका हुन् । २०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३ सय १४ विद्यार्थी फेल अर्थात (एनजी) भएका थिए ।

जसमध्ये दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८ सय विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया