भक्तपुरको बालसुधार गृहमा झडप



नागरिक अपडेट


काठमाडौँ । भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा झडप भएको छ । सुधार गृहमा बसेका ७ जनालाई शुक्रबार अन्यत्र सार्न खोजेपछि विवाद भएर झडप भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए ।

Advertisement

भक्तपुरका एसपी वेद विष्ट आफ्नो टिम लिएर घटनास्थलमा पुगेका छन् । घटनास्थलमा थप मद्दत पठाउन लागिएको एआईजी थापाले जानकारी दिए । ४ भदौ २०८० मा पनि सो बाल सुधार गृहमा झडप भएको थियो ।

Advertisement

सुधार गृहमा १८ वर्षभन्दा माथिका थुनुवा पनि बस्ने हुनाले बेला बेला यस्ता घटना हुने गरेका छन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया