७० वर्षीय वृद्ध महिलाको हत्या आरोपमा एक युवक पक्राउ



नागरिक अपडेट


काठमाडौँ । नेपाल प्रहरीले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ३५–४० वर्षका राजेश तामाङ रहेका छन् ।

तामाङले हिजो दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार सिक्कल प्रहार गरि हत्या गरेको बताइएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई हत्यारालाई खोजतलास गर्ने क्रममा डिगाँउ नजिक खेतबारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । रातोपाटीबाट साभार

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया