कांग्रेस-एमाले सहमतिबारे लोसपा बैठकमा छलफल



नागरिक अपडेट


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिका विषयमा बुधबार छलफल गरेको छ ।

Advertisement

कांग्रेस-एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछिको सन्दर्भबारे छलफल गर्न बुधबार लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको थियो। बैठकमा अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा भएको कुराकानीबारे जानकारी गराएका एक नेताले जानकारी दिए ।

Advertisement

अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवाले विगतमा पनि साथ दिएकाले यस पटक पनि साथ दिने आशा गरेको बताएका ती नेताको भनाइ छ । यद्यपि लोसपाले यो गठबन्धनलाई साथ दिने वा नदिने भन्नेबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया