फेसबुकमार्फत प्रेम सम्बन्धको बहाना बनाएर ठगेको आरोपमा युवक पक्राउ



नागरिक अपडेट


काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’मा सडक डिभिजनको इन्जिनियर हुँ भनेर प्रलोभन देखाएर ठगेको आरोपमा पहरीले एक जना युवकलाई पक्राउ गरेको छ । प्रेम तथा विवाहको प्रलोभन देखाएर ठगेको आरोपमा बैतडी घर भएका नरेन्द्र साउदलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

सामाजिक सञ्जालमार्फत महिलाहरूसँग जोडिएर उनले प्रेम र विवाहको प्रलोभन देखाएर रकम ठगेका हुन् । परिवारका सदस्यहरूको ‘फेक आइडी’ समेत बनाएर कुराकानी गरेर उनले पीडितहरूलाई विश्वासमा दिलाएको एसपी आचार्यले जानकारी दिए ।

२७ वर्षीय आचार्यलाई प्रहरीले बुधवार सिनामंगलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बैतडीको डिलासैनी गाउँपालिका–१ घर भएका उनी कञ्चनपुरको शुक्लाफाँटा बस्दै आएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया