नारायणी नदीमा दुईवटा बेवारिसे शव भेटिए



नागरिक अपडेट


काठमाण्डौ – पूर्वी नवलपरासीको गैँडाकोट तर्फ नारायणी नदीमा दुईवटा बेवारिसे शव भेटिएका छन् । गैँडाकोट नगरपालिका–७ गैरी मा नारायणी नदीको बीच भागको टापुमा नदीले बगाएर ल्याएको परिचय थाहा नभएका दुई वटा शव भेटिएका परेका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

Advertisement

नदीमा अन्दाजी २५ र ३० वर्षीय पुरुषको शव भेटिएका हुन् । भेटिएका शव नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमान प्रहरीले गरेको छ । सिमलताल घटनामा हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

Advertisement

यसअघि चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटिएको थियो ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया