सिन्धुपालचोकका नदीको जलसतह सतर्कता तह पार, सचेत रहन आग्रह



नागरिक अपडेट


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । योसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपालचोकजिल्ला स्थित भोटेकोशी नदी, बाह्रबिसे जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।

Advertisement

यो बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनेहरूले बिहान ८ बजेसम्मै उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ। त्यसैगरी सिन्धुपालचोक जिल्लाकै इन्द्रावती याङ्ग्री नदी जल मापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको छ ।

Advertisement

तल्लो नदी तटीय क्षेत्रहरू रहनेहरू बिहान उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाई छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया