अविरल वर्षापछिको पहिरोबाट ९ घर परिवार विस्थापित



रासस


नुवाकोट । अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एकघर र पसल बगाएको छ । सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र किराना पसल बगाएको हो ।

Advertisement

वडा नं ४ का अध्यक्ष रामशरण राईले किराना पसल बगाउँदा त्यहाँ रहेका रु १० लाख बराबरको सामग्री पहिरोमा पुरिएका छन् भने घरमा पूर्णरूपमा क्षति पुगेको जानकारी दिए ।

अर्चलेस्थित बस्ती माथिबाट बगिरहेको पहिरोले सोही स्थानका अन्य एक दर्जन परिवार विस्थापित भएका छन् । पहिरोले घरमा क्षति पु¥याउन थालेसँगै आफूहरू छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरोपीडित राजकुमार तामाङले गुनासो गरे ।

उनीसहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार विस्थापित भएका हुन् ।

Advertisement

उक्त स्थानमा १५ वर्षअघि पनि पहिरो जाँदा पाँच परिवार विस्थापित भएको थिए । अन्यत्र जमिन नभएकाले सोही स्थानमा बसोबास गर्दै आएकामा फेरि पहिराको जाखिम बढेपछि घर छोड्नुपरेको पीडितको गुनासो छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया