सिमलतालमा पहिरो : १५ दिन बितिसक्दा पनि बस र यात्रुको अवस्था अज्ञात



नागरिक अपडेट


काठमाडौं– १५ दिन बितिसक्दा पनि नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए ।

Advertisement

६५ जना सवार उक्त बसका ३ जना जीवितै रहेका छन् भने ६३ जना यात्रु हराई रहेको थियो । हाल सम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ जना टोली आएका छन् । बस हराएको १५ दिन बितिसक्दा पनि बसको कुनै अत्तो पत्तो लागेको छैन ।

Advertisement

बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले सयुक्त रुपमा खोजी गरी रहेका छन् । भारत बाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन् । भारत बाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछी चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको बिपद् व्यवस्थापन तालीम शिक्षालयका एसपी जनक पुरीले बताए ।

Advertisement

उक्त बसका अझ ३८ जना यात्रु हराई रहेका छन् । ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया