दीपेन्द्र र सन्दीपको राम्रो प्रदर्शनका बाबजुद भ्यानकुभरको तेस्रो हार



नागरिक अपडेट


ब्राम्पटन । दीपेन्द्र सिंह ऐरीको राम्रो ब्याटिङ र सन्दीप लामिछानेको राम्रो बलिङ प्रदर्शनका बाबजुद भ्यानकुभर नाइट्स ग्लोबल टी–२० क्यानडा २०२४ मा मोन्ट्रेयाल टाइगर्ससँग पराजित भएको छ । टोलीको लगातार तेस्रो हार हो । टोली अंक तालिकामा पुछारमा छ ।

Advertisement

आइतबार भएको खेलमा भ्यानकुभर मोन्ट्रेयालसँग १० रनले पराजित भयो । १ सय ४५ रनको लक्ष्य पछ्याएको टोलीले निर्धारित २० ओभरमा १ सय ३४ रन मात्र बनाउन सक्यो । टोलीका लागि रिजा हेन्ड्रिक्सले ३५ बलमा सर्वाधिक ३४ रन बनाए । त्यस्तै ड्वेन प्रेटोरियसले २० बलमा ३१ रनको योगदान दिए ।

Advertisement

दीपेन्द्रले मात्र १५ बलमा ३० रन जोड्दै नटआउट रहे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले ३ चौका र १ छक्का हिर्काए । सन्दीप पनि १ रन बनाउँदै नटआउट रहे । यसअघि मोन्ट्रेयालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । टोलीका लागि कोरबिन बोस्चले ३५ रन तथा दीपप्रित बाजवाले ३३ रनको योगदान दिए ।

Advertisement

भ्यानकुभरका लागि मोहम्मद आमिर र प्रेटोरियसले २–२ विकेट लिए भने जेरेमी गोर्डन र सन्दीपले १–१ विकेट लिए । आफ्नो ४ ओभरमा सन्दीपले मात्र २४ रन खर्चिएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया