‘वर्तमान सरकारलाई स्टन्टबाजी गर्न आवश्यक छैन’:परराष्ट्रमन्त्री आरजु राणा



नागरिक अपडेट


काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्टबाजी गर्न आवश्यक नभएको बताएकी छन् । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरू गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौँ भनेर देखावटी गर्न जरुरी नभएको बताएकी हुन् ।

Advertisement

उनले भनिन्, ‘अहिले सरकारमा भएका पार्टी धेरै पुरानो पाटीहरू हो । हामीले काम गर्न सक्छौ, देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी छैन । किनभने हामीले गरेर देखाइ सकेका छौ । हामीभन्दा अगाडिका पीढीहरूले धेरै गारो समयमा नेपाललाई अगाडि सारेको पार्टी अहिले सरकारमा छन् । त्यस कारणले हामी सबैभन्दा राम्रो छौँ भनेर देखाउनु पर्ने, स्टन्ट गर्नुपर्ने जरुरी अहिलेको सरकारलाई छैन । धेरै सोचेर, छानेर नै अहिलेका मन्त्रीहरू बनेका छन् ।’

Advertisement

उनले सरकार काम गर्ने कुरामा एकदमै गम्भीर रहेको भन्दै यो सरकारलाई कति बेला के हुने हो भन्ने चिन्ता नभएको हुनाले निर्धक्क भएर काम गर्ने पनि बताइन् । नेपाल कुन दिशा तर्फ लानको लागि नेपाली काङ्ग्रेसको सभापति र एमालेको अध्यक्ष दुई जनाले धेरै संघर्ष गरेको भन्दै अब भने देशको लागि केही गर्नुपर्छ भनेर अहिलेको सरकार बनेको पनि उनले स्पष्ट पारेकी छन् ।

Advertisement

विभागको व्यवस्थित पहिलाको तुलनामा धेरै राम्रो भएको भन्दै सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिएकी छन् । आफूमाथि लागेको आरोपहरू सत्य नभएको भन्दै मलाई केही गरेर शेरबहादुर देउवालाई तल पार्ने खेल भएको पनि उनको भनाई छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया