गुल्मी । गुल्मी जिल्ला अदालतबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७१ प्रतिशत मुद्दा फैसला भएका छन् । जिल्ला अदालत गुल्मीले शुक्रबार वार्षिक समीक्षा सार्वजनिक गर्दै कुल ६७४ मुद्दामध्ये ४८० मुद्दा फर्स्यौट गरेको बताएको छ । यो ७१.१२ प्रतिशत हो ।
जिल्ला न्यायाधीश युवराज गौतमका अनुसार अदालतको लक्ष्य अनुसार वार्षिक रुपमा फैसला गर्नुपर्ने मुद्दाको सङख्या ४५४ हो । असार मसान्तसम्म ४८० थान मुद्दा फर्स्यौट भएका छ । कुल मुद्दामा अघिल्लो आर्थिक वर्ष २०७९/८० का १९४ मुद्दा बाँकी थिए ।