बागलुङमा पहिरोमा परी आठजनाको मृत्यु, दुई बेपत्ता हुँदा चार घाइते



नागरिक अपडेट


बागलुङमा। सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा आठजनाको मृत्यु भएको छ। जिल्लाको बाडिगाड गाउँपालिका—९ बलघाँस भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानीय १५ वर्षीया विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो।

Advertisement

त्यसैगरी बडिगाड गाउँपालिकाकै वडा नं. १० को आरुपाटा भन्ने स्थानमा जोगलाल बुढाको घरमाथिबाट आएको पहिरोमा परी ६ जनाको मृत्यु भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्। पहिरोमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।

Advertisement

पहिरोमा परी मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा र मधु बुढा, ६ महिनाकी सन्जु विक, १२ वर्षीय मनोज बुढा, १२ वर्षकै अमन बुढा र ५९ वर्षकी मैतीदेवी बिक रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए। पहिरोमा परी चारजना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन्।

Advertisement

घाइते हुनेमा स्थानीय ४६ वर्षीया संगिता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षीया सिता थापा र ४२ वर्षीय मंगलसिंह बुढा रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा केही समय अगाडी मात्र प्रहरी र जनप्रतिनिधि पुगेको बताइएको छ।

घाईतेको नेपाली सेनाको हेलिप्टरबाट उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिइन्। वर्षाका कारण घटनास्थल पुग्ने सडकहरु अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको उनको भनाइ छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया