काठमाडौं – पेरिस ओलम्पिकमा अमेरिकाले अग्रतालाई कायमै राखेको छ । अहिलेसम्म २७ स्वर्ण जितेको अमेरिका शीर्ष स्थानमा छ ।
अमेरिकालाई पछ्याइरहेको चीन २५ स्वर्णसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण पाएको छ भने तेस्रो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण जितेको छ ।
चौथो स्थानमा रहेका यूके, दक्षिण कोरिया र जापानले समान १२–१२ स्वर्ण जितेका छन् । पेरिस ओलम्पिकमा दुई सय बढी देशका खेलाडीले ३२ विधामा ३२९ पदकका जारी प्रतिस्पर्धा गरिरहेका छन् ।