फाेटाे खिच्ने क्रममा बागमतीमा खसेर बेपत्ता बङ्गलादेशी नागरिकको खोजी चल्दै



नागरिक अपडेट


काठमाण्डाै – काठमाण्डाैकाे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बागमती नदीमा खसेर एक जना बङ्गलादेशी नागरिक बेपत्ता भएका छन् । हिजो फोटो खिच्ने क्रममा नदीमा खसेर बङ्गलादेशका नागरिक बेपत्ता भएका प्रहरीले जनाएको छ ।

Advertisement

उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली खटिएको छ । बेपत्ता बङ्गलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नम्बर २० विपद् उद्धार गणबाट चार जना गोताखोरसहित १० जनाको टोली खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यसैबीच हिजो नै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने रानी झुल्ला जङ्गलमा घुम्न गएका बेला हराएका चार जना भारतीय र एक जना नेपाली नागरिकलाई प्रहरीले उद्धार गरेको छ । गुह्वेश्वरी गणबाट खटिएको टोलीले उनीहरूलाई राति पौने १ बजे उद्धार गरेको हो ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया