एक वर्षभित्र पढ्न जाने विद्यार्थीसँगै बाहिरियो एक खर्ब २५ अर्ब रुपैयाँ



नागरिक अपडेट


काठमाडौं- गत आर्थिक वर्षको एक वर्षमा विदेशमा पढ्न जानेले नेपालबाट सवा खर्ब बढी रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लगेका हुन् ।

Advertisement

अघिल्लो आर्थिक वर्ष अर्थात् ०७९/८० मा विदेश पढ्न जाने नेपाली विद्यार्थीले १ खर्ब ४२ करोड रुपैयाँ विदेश लगेका थिए । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विदेश घुम्न जानेले ६४ अर्ब २१ करोड रुपैयाँ खर्च गरेका छन् ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया