Breaking News : गुल्मीमा घरको बरण्डाबाट लडेर युवकको मृत्यु



नागरिक अपडेट


गुल्मी। गुल्मीमा घरको बरण्डाबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी जिल्लाको इस्मा गाउँपालिका-१ राहले निवासी ३५ वर्षको कमल कुमाल रहेका छन् ।

Advertisement

उनी आफ्नै टिनले छाएको तिनतले कच्ची घरको बिच तलामा जोडिएको बरण्डाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

Advertisement

डीएसपी पोखरेलका अनुसार कुमाल आफु सुत्ने कोठमा जाने क्रममा लडेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया