तनहुँ बस दुर्घटना अपडेट:अचेत अवस्थामा रहेका पाँच जनाको उद्धार



नागरिक अपडेट


काठमाडौं– तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये पाच जनालाई सडकमा निकालिएकाे छ । बेनीटार प्रहरी चेकपोष्टबाट दुर्घटनास्थलमा उद्धार निम्ति खटिएका प्रहरी हवलदार ईश्वर थापाका अनुसार तीन जना महिला र दुई पुरुषलाई अचेत अवस्थामा डोरीको सहायताले सडकमा ल्याइएको हाे ।

Advertisement

सडकबाट करिब १५० मिटर तल बस खसेको कारणले यात्रुको उद्धार कार्यमा कठिनाइ भएको उनले बनाए । उनका अनुसार १४ जना यात्रुको अवस्था गम्भीर छ ।

बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । बस रहेको स्थानबाट सडकसम्म उक्लन निकै कठिन रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले एक पटकमा एक यात्रुलाई बोकेर ल्याइरहेका छन्‌ ।

घटनास्थलमा ट्राभल एजेन्सीका प्रतिनिधि आएका र निजले सो बसमा ३९ जना यात्रु रहेका बताएका छन्‌ । हराएका यात्रु खोजी गर्न गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

Advertisement

यो पनि पढ्नुहोस….

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया