बागलुङमा खोलाले बगाएका तीनै जना युवकको शव फेला



नागरिक अपडेट


बागलुङ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा बेपत्ता रहेका अर्का एक जनाको पनि शव फेला परेको छ । स्थानीय २० वर्षीय कमल सापकोटाको शव फेला परेको हो ।

Advertisement

गए राति गए राति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा मृत्यु भएका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको शव शव करिब २०० मिटर तल फेला परेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार दुई जनाको शव राति नै भेटिए पनि कमलको शव शुक्रबार बिहानमात्रै भेटिएको हो।कमलको शव अरु दुई जनाको शवभन्दा केही तल भेटिएको हो । शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया