भुवन भुसाल । संविधान दिवस गुल्मीमा बिभिन्न स्थानमा फरक फरक कार्यक्रम गरि मनाईएको छ । संविधान दिवसको अवसरमा स्थानिय सरकार र विभिन्न राजनितिक दल तथा तिनका भातृ संगठनले कार्यक्रमको आयोजना गरि मनाएका हुन । जिल्लाभर आज सरसफाई, वृक्षारोपण, सामाजिक व्यक्तिको सम्मान, दिप प्रज्वलन लगायतका काम भएका सरकार, सस्था एवं विभिन्न व्यक्तिका सामाजिक संजालमा देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय तम्घास र रेसुगा नगरपालिकाको सहजिकरण र संविधान दिवस मुल समारोह समितीको आयोजनामा तम्घास बजार सरसफाई गरिएको छ । कार्यक्रममा जिल्ला सदरमुकामका सबैजसो सरकारी र गैर सरकारी कार्यालय तथा संघ संस्थाको सहभागीता रहेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउँपालिकाले आज बिहानै गाउँपालिका परिषरमा फलफुलका बिरुवा रोपेर दिवस मनाएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो । कार्यक्रममा पुर्व मुख्य सचिव लिलामणी पौडेलको बिशेष उपस्थिती रहेको थियो ।
यता गुल्मीदरवार गाउँपालिकाले साँझ दिपावली गरेर दिवस मनाएको छ भने धुर्कोट गाउँपालिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरेर दिवस मनाएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले विहान कार्यालय परिषर सरसफाई, वडाकार्यालय, स्वास्थ्य सस्था, बिद्यालय तथा मातहतका कार्यालयमा बिभिन्न कार्यक्रम सम्पन्न गरेका तस्विर सहितको जानकारी सामाजिक संजाल फेसवुक मार्फत गराएको छ । त्यस्तै सत्यवती गाउँपालिकाले पनि बिभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई एक समारोहको आयोजना गरि सम्मान गरेको छ ।
मालिका गाउँपालिकाले पनी साँझ गाउँपालिका परिषरमा दिप प्रज्वलन गरेर दिवस मनाएको सामाजिक संजाल फेसवुक मार्फत जानकारी गराएको छ । सदरमुकाम तम्घासमा नेकपा एमालको भातृ संगठन युवा संघ र अनेरास्वयुले साँझमा जिल्ला प्रशासन कार्यालय अगाडि दिप प्रज्वलन गरेका एमाले नेता जनक पन्थले बताउनुभयो ।
त्यस्तै नेकपा एमाले छत्रकोट गाउँ कमिटी र युवा संघ छत्रकोटको आयोजनामा भेडुवा बजारमा दिप प्रज्वलन गरिएको एमाले सचिव यज्ञ पाण्डेले जानकारी दिनुभयो ।