‘सुगर ड्याडी’को अनुसन्धान पुरा,प्रतिवेदन सरकारी वकिलमा



नागरिक अपडेट


काठमाडौँ । युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका आशिष देउला उर्फ ‘सुगर ड्याडी’बारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । अनुसन्धान पुरा गरेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Advertisement

३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । बा७च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल देउलालाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका हुन् । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Advertisement

बुढानीलकण्ठस्थित घरमा पनि लगेर आशिषले निमा नाम गरेका अर्का किशोरलाई यातना दिएको अनुसन्धानबाट थाहा भएको छ । दुवैजनाले प्रहरीमा निवेदन दिएका थिए । क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर आशिषको समूहले बुढानीलकण्ठ र लगनमा लगेर यातना दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

Advertisement

देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङलाई प्रहरीले ज्यान मार्ने उद्योग र शरीर बन्धक बनाएको कसुरमा सजाय मागदाबी लिन राय दिएको छ । धनी बाबुका छोरा आशिष रात्रि क्लबको नियमित ग्राहक हुन् ।

सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् । पीडित विशाल देउला भन्छन्, ‘मैले उहाँलाई सिनेटमा भेटेको हुँ ।’क्लबमा जाँदा उनी समय–समयमा नकाव लगाएर जान्थे । बुढयौंली झल्किने नकाव लगाएर क्लबमा जाने र किशोर किशोरीलाई आकर्षित गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनको सुगर ड्याडी–५० मि नामको टिकटक आइडी छ ।

सो आइडीमा नकाव लगाएर उनले पैसा फालेको भिडियो देखिन्छ । पैसा उडाएको बारेमा अनुसन्धान अधिकृहरुसँग उनले भनेका छन्, ‘बैंकबाट ऋण लिएको पैसा उडाएर भिडियो बनाएको हुँ, त्यो मेरो शौक हो ।’ यो समाचार रातोपाटीबाट साभार गरिएको हो। 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया