एसिया कप छनोटमा बहराइनसँग नेपाल पराजित



नागरिक अपडेट


काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको छ । शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनका लागि समी बसम अवादीले दुई गोल गरे । खालिद अल्खलाफ र अलि अहमेद हसनले समान १–१ गोल गर्दा नेपाल ४ –० ले पराजित भएको हो ।

Advertisement

खेलको २३औँ मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको हो । पहिलो हाफको इन्जुरी समयमा अल्खलाफले बहराइनको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पुन २ गोल खायो । खेलको ७३औँ मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइनले अग्रतालाई ३–० मा पुर्याएको थियो । यस्तै ८४औँ मिनेटमा हसनले गोल गरेपछि बहराइनले ४–० को जित पक्का गरेको हो ।

यो हारसँगै नेपालको यू–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको हो । तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनमा हुने प्रतियोगितामा स्थान बनाउनेछ । छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया