सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजाय



नागरिक अपडेट


काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार सर्वोच्चले सजाय समेत सुनाएको छ ।

Advertisement

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ ।

यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ । उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया