काठमाडौं महानगर प्रहरी र माडवाडी सेवा समिति बीच धकेलाधकेल



नागरिक अपडेट


काठमाडौं– महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ। माडवाडीको प्रतिकारबीच महानगर प्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ ।

Advertisement

सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो ।

Advertisement

धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया