सिरिज गुमाएको अमेरिका तेस्रो खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै



नागरिक अपडेट


काठमाडौं – एक खेल अगाडि नै नेपालविरुद्धको टी-२० आई सिरिज गुमाएको अमेरिकाले अन्तिम खेलमा सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर अमेरिकाले नेपाललाई बलिङको निम्तो दिएको हो।

Advertisement

यसअघि सिरिजका दुई खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको थियो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा जितका लागि सुपर ओभरको सामना गर्नु परेको थियो।

Advertisement

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपाल आज सिरिजमा क्लिन स्वीप गर्न चाहन्छ। अमेरिका भने घरेलु मैदानमा सिरिजमा एक जितको प्रतिक्षामा छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया