अर्घाखाँची अपडेट:-देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु,२० घाइते



नागरिक अपडेट


अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेको स्थानमा बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन् । देउसीभैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ठक्करबाट दुई जानको मृत्यु भएको छ ।

Advertisement

भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Advertisement

बसको ठक्करबाट २० जना घाईते भएका छन् । जसमा २ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ । बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Advertisement

प्रहरीले बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया