काठमाडौँ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग क्रिकेटलाई मुख्य प्रायोजक सिद्धार्थ बैंक हुने भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग क्रिकेटलाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गर्ने भएको छ ।
शुक्रबार अयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का उक्त जानकारी दिएका हु्न् । खड्काका अनुसार सो बैंकसँग ५ वर्षका लागि सम्झौता भएको हो । अब पाँच वर्षसम्म एनपीएल सिद्धार्थ बैंकले नै मुख्य प्रायोजन गर्ने भएको छ ।
सचिव खड्काले कति रकममा सम्झौता भएको खुलाउना चाहेनन् तर उनले नेपाली खेलकुदको इतिहासमा कृतिमान रकममा प्रायोजन सम्झौता भएको जानकारी दिए । एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।