गुल्मीको बलिथुममा सोरठीनाच जगेर्नासँगै बलिथुम प्रवेशद्वार निर्माणको शिलान्यास



नागरिक अपडेट


गंगु कुँवर मगर,गुल्मी । सोरठी नाच्ने समूहलाई रातीको १०:५० बजिसकेको छ। ७३ वर्षिय राम बहादुर पुन “पञ्चले दियौं आशिष” भन्दै सोरठी गीतवाट घरबेटीलाई आशिष दिदै हुनुहुन्थ्यो । घरबेटिले सोरठी नाच्ने समूहलाई दान दिइसकेपछि सोरठी नाचमा गाइने गीत हो, यो ।

Advertisement

यतिवेला “बलिथुम सोरठी नाच तथा सम्बर्द्धन मन्च”गुल्मीदरबार-१ बलिथुम गुल्मी लोपोन्मुख सोरठी नाचलाई जगेर्ना गर्न लागि परेको छ। राम बहादुर पुन समूहको सल्लाहकार संयोजक समेत हुनुहुन्छ । त्यस्तै समूहका पूर्व अध्यक्ष मन बहाहर पुन पनि उहाँ जस्तै अँध्यारा राती र जाडो नभनी समूहलाई लिएर सोरठी नाच्न हिड्‌नुहुन्छ ।

Advertisement

उहाँ पनि उमरेले ६८ काट्दै हुनुहुन्छ । युवाहरु विदेशीएसंगै अहिले गाउँमा बुवाहरुबाट यस्ता लोपोन्मुख नाचको संरक्षण भइरहेको छ। नाचको संरक्षणसंगै समूहमा उठेको रकमबाट ‘बलिथुम प्रवेशद्वार निर्माण गर्ने तयारीमा उहाँहरू हुनुहुन्छ । प्रवेशद्वारको पालिका उपाध्यक्ष तारा थापा ढेंगाले एक कार्यक्रमका बीच मंशिर १३ गते शिलन्यास समेत गरिसक्नु भएकोछ ।

Advertisement

सोरठीनाच जगेर्नासँगै बलिथुम प्रवेशद्वार निर्माणको लागि आफूहरू यसरी सोरठी नाच लिएर हिंक्क्कडेको समूहका अध्यक्ष तिलक खासु मगरले जानकारी दिनुभयो । उहाँहरुलाई युवाहरुको साथ पनि रहेको छ। पहिले पहिले नाच गान पछि संगी साथी जम्मा भएर उठेको पैसाले खासै विकासको काम नदेखेको र अहिले भने बलिथुम प्रवेशद्धार निर्माण गर्ने भए पछि आफू पनि समूह सँगै हिडेंको साविक वडा नं.-९,टोल सुधार समितिका संयोजक रामु पुनले बताउनुभयो ।

युवा पुस्तामा सोरठी नाच प्रति खासै चासो छैन नि ? भन्ने प्रश्नमा – गीतका लय भाका अन्य गीत भन्दा अप्ठ्यारा भएको र समूहमा हिंडदै गर्दा बिस्तारै बुझिने पनि उहाँले बताउनुभयो । समूहमा उठेको पैसा र बाहिरी सहयोगबाट झण्डै२ लाख ५० हजार सम्ममा प्रवेशद्धार निर्माण गरिने र बाहिरी साथीहरूबाट पनि सहयोग गर्ने क्रम जारी रहेको समूहका सदस्य लेखेन्द्र पुनले जानकारी दिनुभयो ।

पुराना पुस्ताले बिस्तारै ढिल छोड्दै जानू र नयाँ पुस्ताले पनि चासो नदेखाउनुले लोप हुने अवस्थामा पुगेको मौलिक संस्कृति केहि हदसम्म भए पनि जगेर्ना हुनु पक्कै पनि सुखद पक्ष हुनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया