बालिकाको हत्या गरेको अभियोगमा पक्राउ



नागरिक अपडेट


बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडामा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने हर्क सनइकी छोरी ८ वर्षीया विनीता नेपालीको हत्या भएको हो ।

Advertisement

४८ वर्षीय नन्दे सनइलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । नन्देले धारिलो हतियार प्रहार गरी विनीताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया