शृङ्खलाबद्ध चोरीमा संलग्न किशोर पक्राउ



नागरिक अपडेट


काठमाडौँ । रौतहटमा शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका–५ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

Advertisement

उमेशकुमार साहको ना.२ छ.६६८५ नं. को ई–रिक्सा बाट ब्याट्री कन्ट्रोलर, १८० एएमएचको ब्याट्री र एफएम रेडियो सेट चोरी गरी रहेको अवस्थामा स्थानीय मानिसहरूको सहयोगमा प्रहरीको गस्ती टोलीले ती किशोरलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement

किशोरसँग सोधपुछ गर्दा उनले गौर नगरपालिका–५ का अशोक साहको घरबाट पानी तान्ने मोटर र सोही नगरपालिकाको ४ नम्बर वडामा डेरा गरी बस्ने टुनटुन कुमार गुप्ताको घरबाट रेन्जर साइकल चोरी गरेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया