बाग्लुङ्गमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु



नागरिक अपडेट


बागलुङ — बागलुङको गलकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति सााढे ११ बजे गलकोट नगरपालिका-३ को भैसेमा ध १ त १९२ नम्बरको ट्याक्टर सडकदेखि पल्टिएको थियो ।

Advertisement

घटनामा गुल्मीको मुसिकोट घर भएका २४ वर्षीय टेकबहादुर बिकको मृत्यु भएको प्रहरीले बतायो । मध्यपहाडी लोकमार्गको खरबाङदेखि गलकोटको हटिया आउने क्रममा उक्त ट्याक्टर दरमखोलाको पुल नजिकै पल्टिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बतायो ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया