गंगु कुँवर मगर,गुल्मी। गुल्मीदरबार गाउँपालिकाले छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता म्यालपोखरी माध्यमिक विद्यालय गुल्मीदरबार गाउँपालिका वडा नं.-३, गुल्मीमा सम्पन्न गरेको छ । १३ वटा विद्यालयल सहभागि रहेकोे प्रतियोगितामा रून्खादह माध्यमिक विद्यालय बीरबास १४ स्वर्ण ११ रजत र २ कास्य पदक सहित प्रथम भएको छ ।
त्यस्तै सूर्योदय माध्यमिक विद्यालय जुभूङ्ग ९ स्वर्ण ८ रजत १ कास्य सहित द्धितीय , इश्वरी माध्यमिक विद्यालय चारपाला ९ स्वर्ण ५ रजत र ३ कास्य सहित तृतीय, थाक्सीपोखरा माध्यमिक विद्यालय बलिथुम २ स्वर्ण २ रजत ८ कास्य पदक सहित चौंथो भएका छन् ।
प्रतियोगितामा गंगा आधारभूत विद्यालय चारपालाले२ स्वर्ण २ रजत र ३ कास्य , काब्रेपोखरी माध्यमिक विद्यालय जूभूङ्गले २ स्वर्ण२ रजत र १ कास्य , शारदा माध्यमिक विद्यालय चारपालाले १स्वर्ण ३ रजत ८ कास्य , बलिथुम नरहरि कँडेल माध्यमिक विद्यालय बलिथुमले १ स्वर्ण२ रजत र २ कास्य , ग्रीनवर्ड इङलिस बोर्डिङ स्कूल बीरबासले १ स्वर्ण २ रजत ,राजारून्खा माध्यमिक विद्यालय गौंडाकोटले १ स्वर्ण , म्यालपोखरी माध्यमिक विद्यालय गौंडाकोटले २ रजत , ठूलापोखरा माध्यमिक विद्यालय चारपालाले १ रजत २ कास्य पदक पाएका थिए ।
१८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउँने उक्त प्रतियोगितामा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलहरू रहेका थिए । बीच बीचमा उपाध्यक्ष नानीबाबु प्रतिभा प्रस्फुटन कार्यक्रमको प्रस्तुतिले प्रतियोगितालाई छुट्टै रौनक दिएको थियो ।
पौष १० गतेदेखि १२ गतेसम्म संचालन भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननिय धनेन्द्र कार्कीले उद्वघाटन गर्नुभएको थियो ।