गुल्मीको शान्तिपुर देखि हुग्दीशिर जोड्ने सडक १८ वर्षपछि कालोपत्र हुदै



नागरिक अपडेट


गुल्मी – बाग्लुङ्गको बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक निर्माण भएको १८ बर्षपछी कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो ।

Advertisement

आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध रूपमा काम गर्ने बताए ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया