अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी महिला र बच्चाको मृत्यु



नागरिक अपडेट


धनगढी । बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ । केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो ।

Advertisement

स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् । शिशु जन्मिएपछि अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको केदास्युँ गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए ।

Advertisement

उनकाअनुसार शिशुको पनि केही समयपछि मृत्यु भएको थियो । बझाङ, बाजुरा, अछाम लगायत जिल्लाका दुर्गभ भेगमा समयमै प्रसुती महिलालाई स्वास्थ्य संस्थासम्म पुुगाउन नसक्दा बर्सेनि अकालमै ज्यान गुमाउनुपर्ने नियति भोग्नु परेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया