कवि तुलबहादुर रास्कोटी मगरको प्रथम कृति “आमाको ममता” कविता संग्रह सार्वजनिक



नागरिक अपडेट


गंगु कुँवर मगर,गुल्मी। वरिष्ठ साहित्यकार दिन पन्थीले -जोसँग साहित्य,संगीत र कला छैन त्यो सिङ र पुच्छर बिनाको पशु जस्तै हुने बताउनुभयो। साथै साहित्य, संगीत र कलाले मानिसलाई अजर र अमर बनाउने पनि उहाँले बताउनुभयो ।

Advertisement

Advertisement

कवि तुलबहादुर रास्कोटी मगरको प्रथम कृति “आमाको ममता”नामक कविता संग्रहको विमोचन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै यस्तो बताउनु भएको हो। जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नं.-२, जुभुङ्ग निवासी ७१ वर्षिय कवि रास्कोटीद्वारा रचित उक्त संग्रको विमोचन जुभुङ्ग स्थित सूर्योदय माध्यमिक विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

Advertisement

संग्रहको वरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि दिन पन्थीले विमोचन गर्नुभएको हो । कवि तथा गजलकार सुरेश अर्यालको विशिष्ट आतिथ्यता रहेकोे कार्यक्रममा अतिथिहरूले संग्रहका बारेमा आ- आफ्ना धारण व्यक्त गर्नुभएको थियो भने प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगर,वरिष्ठ कवि तथा साहित्यकार दिनेश विक्रम थापा,युवा कवि तथा लेखक बिनोद गौतम लगायत कवि तथा साहित्यकारका अडियो शुभकामना सुनाइनुका साथै वाचन समेत गरिएको थियो ।

ईन्द्रेणीकी भाईरल गायिका अभिशा सुवेदी,भाईरल कुसल नृत्यकार दिक्षा माच्कोटी कुशल नृत्यकार टहलसिंह (तेन्जो) फुङ्जेली सहित मगर पन्चे बाजा,सोरठी नाच र नवजनविकास युवा परिवार बलिथुमको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन दिएको थियो।

कार्यक्रममा संग्रहका प्रकाशकीय संयोजक कवि तथा चित्रकार जीवित खड्का मगरकी धर्म पत्नी यमकली खड्का मगर ,व्यवस्थापन खर्च सहित रू.५० हजार नगद सौजन्य गर्ने तिलक गाहाकी ममतामयी माता छविकला गाहा लगायत संग्रहको प्रकाशन सहयोगीहरू र विशेष योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रम वरिष्ठ शिक्षक खिमबहादुर थापाको सञ्चालन,सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष गौतमको स्वागत मन्तव्य र कार्याक्रमका संयोजक कमल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया