क्रिकेटबाट सन्न्यास लिने सन्दीपको सङ्केत



नागरिक अपडेट


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्न्यास लिने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले समर्थकलाई धन्यवाद दिँदै संन्यासको सङ्केत गरेका हुन् ।

Advertisement

फेसबुकमा उनले लेखेका छन्, ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि। यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैँ मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन्। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैँभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ।

Advertisement

शब्दले नभ्याउने गरी कृतज्ञ छु ।’ हालै सम्पन्न नेपाल प्रिमियर कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भएका थिए । जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरेका थिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया