गुल्मी । गुल्मीमा लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ पनाहा बस्ने ६० वर्षीया हुमी सार्कीको लडेर मृत्यु भएको हो ।
सार्की पुर्कोट बजारबाट घर फर्किने क्रममा सल्लेपाटा भन्ने ठाउँमा बाटोबाट अन्दाजी ५–६ मिटर तल खसेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।