गुल्मीमा भाडाको विषयमा विवाद हुँदा बसको ढोकाबाट खसेर महिलाको मृत्यु



नागरिक अपडेट


गुल्मी । गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ । भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् । उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

Advertisement

गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो ।

Advertisement

सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुन्डिन पुगेका थिइन् । चलिरहेको बसको ढोकामा झुन्डिँदा उनी सडकमा खसेको प्रहरीले बताएको छ । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया